Like us!
Follow us!
Connect us!
Watch us!

मासिक खर्च ४०अर्ब, धान्नै नसक्ने अवस्थामा सरकार

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०७ : ११ मा प्रकाशित

मासिक खर्च ४०अर्ब, धान्नै नसक्ने अवस्थामा सरकार

अर्थ संसार, काठमाडौं । दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो ।

कोभिड–१९ र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि राजस्व संकलन प्रभावित हुँदा यो स्थिती आएको हो । 

राजस्व संकलन प्रभावित भएपछि कर्मचारीका तलबलगायतका चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको अर्थमन्त्री डा खतिवडाले समेत स्वीकार गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको