Like us!
Follow us!
Connect us!
Watch us!

दुई सिफ्टमा आजबाट कार्यालय खुल्ने

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०७ : ०४ मा प्रकाशित

दुई सिफ्टमा आजबाट कार्यालय  खुल्ने

अर्थ संसार, काठमाडौं - आजबाट लगभग सबै जसो सरकारी कार्यालयहरु खुल्ने भएका छन् । जेठ २८ मा बसेको मन्त्रिपरिषद्को निर्णयले आजबाट कार्यालयहरु खुला गर्ने निर्णय  गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढेसँगै गत चैत ११ बाट सरकारी कार्यालयहरु पनि बन्द भएका थिए । 

मन्त्रिपरिष्द्को बैठकले कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएको छ ।  बिहान ८ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा काम गर्न भनिएको छ ।

यद्यपी राष्ट्रबैंकले भने सबै बैंकहरुलाई साबिककै समयमा खुला राख्न निर्दैशन दिएको छ । बैंकका हकमा भने यो लागु हुने छैन् ।
बम
मन्त्रिपरिषद्को निर्णयबले कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार पार्दै बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा काम गर्ने निर्देशन दिएको थियो ।

सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको