Like us!
Follow us!
Connect us!
Watch us!

याे हप्ता शेयर बजार नखाेल्ने नेप्सेकाे निर्णय

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, २० : ३८ मा प्रकाशित

याे हप्ता शेयर बजार नखाेल्ने नेप्सेकाे निर्णय

अर्थ संसार, काठमाडौं - यो हप्ता पनि शेयर बजार खुला नहुने भएको छ । काठमाडौंलगायत उपत्यका तीन जिल्ला र देशभर नै लकडाउन केही खुकुलो भएपनि यो हप्ता सेयर बजार भने नखुल्ने भएको हो ।

आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले नयाँ निर्णय गर्दै हाल सेयर बजार नखोल्ने जनाएको हो । नयाँ निर्णय अनुसार अझैं थप ४ दिन अर्थात असार ४ गतेसम्म बजार बन्द राख्ने भएको हो ।

राहत प्याकेज घोषणा गरेर मात्र शेयर बजार खोल्न धितोपत्र बोर्डसँग लगानीकर्ता संघहरुको आग्रह ! 

 यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो। आइतबार नै धितोपत्र बोर्डमा लगानीकर्ता र  बोर्डको विचमा बैठक निष्कर्षविहीन टुगिंएको थियो। लगानीकर्ताहरुले बजार सुधारको काम नगरी बजार नखोल्न आग्रह गरेपछि बैठक निष्कर्ष विहीन टुङ्गिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको