Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा मनसुनी प्रभाव, यस्तो छ आजको मौसम

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०७ : ०९ मा प्रकाशित

नेपालमा मनसुनी प्रभाव, यस्तो छ आजको मौसम

अर्थ संसार, काडमाडौं । हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसकाकारण आगामी २४ घण्टा देशका केही स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशका तराई भू–भाग तथा देशभर पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  


आज अर्थात आइतबार प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


सोमबार देशभर पूर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित वर्षाको   सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

नेपालमा मौसमभित्रिएसँगै देशभर नै मनसुनी प्रभाव पर्ने भएका कारण सावधानी अपनाउँन माहाशाखाले आग्रह गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको