Like us!
Follow us!
Connect us!
Watch us!

पर्वतमा पहिरोले घर बगायो : ३ जनाको मृत्यु, ६ बेपत्ता

अर्थ संसार

आइतबार, ३२ जेठ २०७७, ०६ : ४३ मा प्रकाशित

पर्वतमा पहिरोले घर बगायो : ३ जनाको मृत्यु, ६ बेपत्ता

अर्थ संसार, काठमाडौं । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ काफलचौरमा शनिबार राति पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। घटनामा परी अरू ६ जना बेपत्ता भएका छन्।

स्थानीय विरोध गुरुङका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको मृत्यु भएको हो।

तुलबहादुरका नाति (छोरातर्फका), छोरी र नाति (छोरीतर्फका) बेपत्ता छन्।

यस्तै सोही ठाउँमा पसल गर्दै आएका भुवन गिरीको परिवारलाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन्।

पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन्। स्थानीय विकास बि।क।को घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँ समेत नदेखिएको तथा उनका श्रीमती, छोरीसहित ३ जना बेपत्ता रहेको पनि गुरुङको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको