Like us!
Follow us!
Connect us!
Watch us!

फेरि घट्यो चार्टर फ्लाइटको भाडा, दुबईबाट नेपालकाे ३ सय ५० डलर

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, २० : ३३ मा प्रकाशित

फेरि घट्यो चार्टर फ्लाइटको भाडा, दुबईबाट नेपालकाे ३ सय ५० डलर

अर्थ संसार, काठमाडौं । सरकारले चार्टर फ्लाइटमा चर्काे भाडा लिएको विवाद बढ्दै गएपछि फेरि दोस्रो पटक भाडा घटेको छ । 


 विदेशमा रहेका नागरिकको उद्दारमा सरकारले व्यापार गर्न खोजेको आरोप लागेपछि सरकारले दुई पटक गरी  ३० प्रतिशत भाडा घटाएको हो । 

शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई र नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूबीच भएको छलफलले भाडा घटाउने निर्णय गरेको हो ।  


 अब, साउदी अरबको भाडा ५३० बाट ४३० कायम गरिएको छ  । त्यस्तै मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलरमा झारिएको छ । कतारको भाडा ४९० डलरबाट ३९२ डलर कायम भएको छ । 

दुबईको ४५० भाडादर घटाएर ३६० डलरमा झारिएको छ भने साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ । ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ  भने बहराइनको भाडादर ४९० बाट ३९२ डलर कायम गरिएको छ ।

कुवेतको भाडा ५१० डलरबाट ४१० तोकिँदा जोर्डनको भाडा ७७५बाट ६७५ कायम गरिएको छ । शनिबार सरकारले प्रमुख श्रम गन्तव्यहरूको चार्टर फ्लाइटको भाडा घटाइएको हो । यसअघि शुक्रबार पनि केही भाडा घटाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको