Like us!
Follow us!
Connect us!
Watch us!

रेनोेल्टको एक्सचेन्ज कार्निभल हुँदै

मंगलबार, १५ चैत्र २०७३, १४ : ०१ मा प्रकाशित

रेनोेल्टको एक्सचेन्ज कार्निभल हुँदै

दिनिता लामिछाने
काठमाडौं–रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स (विशाल समूहको सहायक कम्पनी) ले नेपालका मूख्य शहरहरुमा एक्सचेन्ज कार्निभल शुभारम्भ गरेको छ ।

यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर ‘अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ’  नारासँग  जोडिएर आयोजना गरिएको कम्पनीले जनाएको छ ।

रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफरअन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ ।

यसको लागि प्रति वर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्नुहुनेछ । यसमा रेनोल्ट डस्टरका लागि २८ हजार २ सय  तथा रेनोल्ट क्विडका लागि १३ हजार ३ सय ५७ रुपैयाँ मासिक किस्ता तोकिएको छ ।

एक्सचेन्ज कार्निभल काठमाडौंमा यहि चैत्र ११ गते देखि चैत्र १६ गतेसम्म आयोजना हुँदैछ । त्यसैगरि भैरहवा÷बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल/बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म र नारायणघाट/पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ ।

एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको कम्पनीले जनाएको छ ।

रेनोल्ट समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेकोछ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । यसमा १ लाख २० हजारभन्दा बढी मानिसहरुलाई रोजगारी प्रदान गरिरहेको छ । 

नेपालमा विशाल समूहको सहायक कम्पनीले यसका गाडी विक्री गर्दै आएको छ । विशाल समुह नेपालमा सबैभन्दा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले विभन्न व्यवसायीक गतिबिधिहरु जस्तै बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा काम गरिहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको