Like us!
Follow us!
Connect us!
Watch us!

नक्सा भयो अव भूमि ल्याउनुस् : महतो

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १४ : ५९ मा प्रकाशित

नक्सा भयो अव भूमि ल्याउनुस् : महतो

अर्थ संसार, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्वदलीय बैठकमा लिपुलेक र लिम्पियधुराको नक्सा मात्र होइन जग्गा पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले नक्सा पारीत गर्नु मात्रैले जमिन फिर्ता नआउने टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोेल्दै महतोले भने, ‘कालापानी र लुम्पीयाधुरासहितको नक्सा सम्बन्धि संविधान संशोधन आएको छ । संविधान संशोधनको कुरा आउदा हाम्रो कुरा पनि छ । यो संविधान आउँदा मधेशी, जनजाती, दलित र सिमान्तकृत समुदायको कुरा पनि छ । जव जव संविधान संशोधनको कुरा आउछ हामी आफनो कुरा राख्छौ । आज फेरि भन्छौ संविधान अपुर्ण नराखौ । यहाँ प्रधानमन्त्रीसहित अन्य शीर्ष  नेताहरु हुनुहुन्छ । विगतमा सबै दलहरुले सहमती गरेकौ हौ । तर कहिले गर्ने ? ’

सभामुखले तोकेको समयप्रति रोष प्रकट गर्दै महतोले भने, ‘सयौं र हजारौ पटक बैठक बसेको छ । तर, आजको बैठकप्रति सारा जनताले हेरिरहेका छन् । आजको यो प्रस्ताव सामान्य होइन् । आजको प्रस्ताव, हाम्रो भूमिको सवाल हो । यसमा सम्पुर्ण जनताको ढुकढुकी छ । आज बोल्न प्रतिबन्ध नलाइयोस ।’

उनले राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठिकसँग व्याख्या गरिनुपर्ने बताए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको