Like us!
Follow us!
Connect us!
Watch us!

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्यायाे : प्रचण्ड

अर्थ संसार

शनिबार, ३१ जेठ २०७७, १४ : १५ मा प्रकाशित

राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्यायाे  : प्रचण्ड

अर्थ संसार, काठमाडाैं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा पारित हुने अवसरलाई राजतन्त्रले गुमाएकाे देशकाे जमिन गणतन्त्रले फिर्ता ल्याएकाे बताएका छन् ।

लिपुलेककाे विषयलार्इ उनले राजतन्त्रले गुमाएकाे भुमी गणतन्त्रले  फिर्ता ल्याएकाे किसिले व्याख्या गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘देशको भौगलिक अखण्डतासँग सम्बन्धित विषयमा हामी हिजो राजतन्त्र, खासगरी निरङ्कुश पञ्चायती तानाशाहीको सुरुको दिनमा राजतन्त्रले गुमाएको भुमी गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ । राजतन्त्रले गुमायो, गणतन्त्रले फिर्ता लिँदै छ ।’

त्यस्तै उनले  भुमिको विवादलाई लिएर भारतसंग दुश्मनी नचाहेको बताएका छन् । 

उनले समस्या समाधान गर्न जिम्मेवार ढंगले कुटनीतिक प्रयास गर्नेमा आफूहरु रहेको बताए ।  

त्यस्तै उनले नेपालको स्वाधिनतालाई सुदृढ गर्ने महान अभियानको क्रममा देशको गुमेको भुभाग फिर्ता लिने ठाउँसम्म आइपुगेको बताएका छन् ।

प्रतिनिधिसभाकाे बैठकमा बाेल्दे उनले शनिबार भने, ‘नेपालको राजनीतिक परिवर्तनको एतिहासिक प्रक्रियामा हामीले २ वटा मुलभुत चुनौतीहरुको सामना गर्नु थियो । नेपालको जनताले, नेपालको राजनीतिक आन्दोलनले एकातिर सामन्ती निरङ्कुशतन्त्र र त्यसद्वारा जन्माइएका आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक विसङ्गतिहरु बिरुद्ध लड्नु थियो हामीले । त्यसको ठाउँमा लोकतन्त्र, जनवाद जे भनेपनि लोकतन्त्र स्थापित गर्ने चुनौति थियो ।'

लामो समयदेखि जनयुद्ध र जनआन्दोलन हुँदै शान्ति प्रक्रिया ०६२/०६३ को जनआन्दोलनसम्म पुगेर विजय प्राप्त गरेकाे उनले बताए । त्यसबाट गणतन्त्र, लोकतन्त्र, संघीयताको नयाँ युगमा पदार्पण गरेकाे उल्लेख गर्दै उनले भने, 'हामी सबैका अगाडि एउटा अर्को मुद्दा भनेको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नु, हाम्रो भौगलिक अखण्डतालाई सुदृढ र रक्षा गर्नु र सबैखाले बैदेशिक दवाव, हस्तक्षेप मुक्त नेपाल निर्माण गर्ने दायित्व पनि नेपाली जनताको सामु इतिहासले सुम्पेको गहन र दुरगामी जिम्मेवारी थियो । आज हामी जे निर्णय गर्न जादै छौँ दोस्रो एतिहासिक मुद्दालाई फैसला गर्ने र नेपालको स्वाधिनतालाई सुदृढ गर्ने महान अभियानको क्रममा यहाँ आइपुगेका छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको