Like us!
Follow us!
Connect us!
Watch us!

किन्नु भयो जनता बैंकको लिलामी सेयर ? आज अन्तिम दिन

मंगलबार, १५ चैत्र २०७३, १२ : ३२ मा प्रकाशित

किन्नु भयो जनता बैंकको लिलामी सेयर ? आज अन्तिम दिन

अर्थ संसार 
काठमाडौं–  सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने जनता बैंकको लिलामी सेयर किन्न सक्नुहुनेछ । आजै गएर लगानी गर्न सक्नुहुनेछ ।

किन कि आज अन्तिम दिन हो । बैंकले हकप्रदमा हकप्रदमा नबिकेको ७ लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलाममा बिक्री खुल्ला गरेको छ ।

 ३ लाख ९६ हजार ५२६ कित्ता संस्थापक शेयर तथा ३ लाख ७१ हजार २६ कित्ता साधारण सेयर लिलाममा बेच्न लागेको बैंकले जनाएको छ । लगानीकर्ताले सेयर(आज) १५ गतेसम्म बोलकबोलबाट खरिद गर्न सक्नेछन् ।

बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । जसमा नबिकेको ७ लाख ६७ हजार ५५२ कित्ता शेयर लिलाममा बिक्री गर्न लागेको हो ।

प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेड

बैंकको शेयर बिक्री प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङ्गको कार्यालय कमलपोखरीबाट आवेदन गर्न सक्नेछन् ।

लगानीकर्ताले कम्तीमा १०० रुपैयाँ अंकित मूल्य राखी सर्वसाधारणमा न्यूनतम १०० कित्ता तथा संस्थापक शेयर खरिदका लागि न्युनतम १००० कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोलको नतिजा चैत १६ गते अपरान्ह ३ बजे खोलिने बिक्री प्रबन्धकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको