Like us!
Follow us!
Connect us!
Watch us!

एमसिसी परियोजनाको रकम दुई वर्षमा ७ अर्ब खर्च !

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, ०८ : १० मा प्रकाशित

एमसिसी परियोजनाको रकम दुई वर्षमा ७ अर्ब खर्च !

अर्थ संसार, काठमाडौँ। विवादास्पद अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मातहतको आयोजना कार्यान्वयनका लागि दुई आर्थिक वर्षमा सात अर्ब २२ करोड रुपैयाँ खर्च हुने भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यकालीन खर्च संरचना ९२०७७/०७८, २०७९/०८०० को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५र०७६ मा एमसिसी आयोजनाको लागि ८९ करोड ८२ लाख रुपैयाँ खर्च भएको थियो ।

आयोगले चालु आर्थिक वर्षमा एमसिसी आयोजना कार्यान्वयनको लागि ६ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमानमा प्रक्षेपण गरेको छ । एमसिसी आयोजना संघीय संसदबाट पारित हुनेरनहुने अन्योलका बीच अहिले सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि एमसिसीको लागि नौ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको आय–व्यय अनुमानको विवरणमा वैदेशिक अनुदान शीर्षकमा एमसिसीबाट आगामी आर्थिक वर्ष २०७७र०७८ मा पाँच अर्ब ७२ करोड रूपैयाँ परिचालन गर्ने सरकारको लक्ष्य रहेको छ । यो खबर नागरिक दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको