Like us!
Follow us!
Connect us!
Watch us!

उत्पादनमूलक उद्योगलाई पुँजीबजारमा लैजान्छौँ

मंगलबार, १५ चैत्र २०७३, ११ : ४८ मा प्रकाशित

उत्पादनमूलक उद्योगलाई पुँजीबजारमा लैजान्छौँ

 हामी विश्वका कुनै पनि ठाउँका उद्यमीसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने मेरो सोचाइ थियो । त्यहीअनुसार हामीले आफ्नो व्यवसायलाई विश्वव्यापी बनाएका छौँ र हामी सबैतिर सफल पनि छौँ । तर, हाम्रो मुख्य प्राथमिकता नेपालको आर्थिक विकासलाई नै अघि बढाउने हो ।

त्यसो हुँदा हामीले देशभित्रै ठूलो मात्रामा लगानी गरिरहेका छौँ । मुलुकमा चरम द्वन्द्व हुँदा हामीले नवलपरासीमा औद्योगिक पार्क सुरु गरेका थियौँ । त्यस्तो अवस्थामा पनि हामीले निर्माण रोकेनौँ, काम गरिरह्यौँ ।

सरकारले विद्युत् दिएन भनेर हामीले कहिल्यै गुनासो गरेनांँ, बरु अहिले २ मेगावाट विद्युत् हामीले विद्युत् प्राधिकरणलाई दिइरहेका छौँ । सन् १९९५ तिर हाम्रो व्यवसायका ४ वटा भटिकल्सहरू थिए । अहिले त्यसलाई १६ वटा पुर्याएका छौँ । नेपालको पहिलो बहुराष्ट्रिय कम्पनीका रूपमा आफूलाई स्थापित गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।

हामीले यसबीचमा विद्युत् क्षेत्रमा समेत लगानी बढाएका छौँ । हामीलाई विश्वास छ, हामी नेपालको सबैभन्दा ठूलो विद्युत् उत्पादक बन्नेछौँ । हाम्रो समूहका धेरै कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।

ती सबै कम्पनीले निकै राम्रो व्यवसाय गरिरहेका छन् । उत्पादनमूलक उद्योगलाई पनि हामी स्टक एक्सचेन्जमा सूचीकरण गर्न चाहन्छौँ । हामीले घोषणा नै गरेका छौँ । हामीले आफ्ना कम्पनीहरूलाई पुँजीबजारमा सूचीकरण गर्नैपर्छ, हामी गर्छौँ ।

तर, त्यसका लागि नेपालको पुँजीबजारसम्बन्धी नीतिगत व्यवस्था सहज हुनुपर्यो । हामीले न्युयोर्क स्टक एक्सचेन्जमा समेत कम्पनी सूचीकृत गर्ने लक्ष्य लिएका छौँ । त्यहाँ र यहाँ सँगसँगै लिस्टिङ गर्नेछौँ । नयाँपत्रिकाबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको