Like us!
Follow us!
Connect us!
Watch us!

झ्यालबाट छिरेर सुतिरहेकी बालिकामाथि बलात्कार

अर्थ संसार

विहीबार, २९ जेठ २०७७, १६ : ३० मा प्रकाशित

झ्यालबाट छिरेर सुतिरहेकी बालिकामाथि बलात्कार

अर्थ संसार, काठमाडौं । कञ्चनपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेलौरी नगरपालिका– ७ की १५ वर्षीया बालिका सुतिरहेकै अवस्थामा बलतात्कृत भएकी हुन् ।

स्थानीय २३ वर्षीय युवक वीरु चौधरीले झ्यालबाट छिरेर उनीमाथि बलात्कार गरेको परिवारले जनाएको छ ।  परिवारको उजुरीपछि  इलाका प्रहरी कार्यालय बेलौरीले चौधरीलाई पक्राउ गरेको छ  । 


‘बालिका सुत्ने कोठाको झ्यालमा छड थिएनन्,’ पीडित बालिकाका आफन्तले भने, ‘सुटुक्क आएर जबर्जस्ती करण गरेर बालिकाको इज्जत लुट्यो ।’ इलाका प्रहरी कार्यालय बेलौरीले चौधरी र बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अस्पताल लगेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको