Like us!
Follow us!
Connect us!
Watch us!

नगरपालिकाका इन्जिनियरलाई कार्यकक्षमै कुटपिट

मंगलबार, १५ चैत्र २०७३, १० : ३० मा प्रकाशित

नगरपालिकाका इन्जिनियरलाई कार्यकक्षमै कुटपिट

अर्थ संसार 

गौशाला–महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ । 

इन्जिनियर साहका अनुसार उहाँ आफ्नो कार्यकक्षमा काम गरिरहेकै क्रममा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाल लगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका छन् । 

नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको कुरालाई लिएर उनीहरुले इन्जिनियर साहलाई कुटपिट गरेको पीडित इन्जिनियर साहले बताउनुभएको छ । 

उनीहरुको कुटाइबाट इन्जिनियर साहलाई सामान्य चोटपटक लागेको छ भने उहाँको अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । 

उहाँले आफूले कार्यालय प्रमुखको आदेशानुसार टेन्डरसम्बन्धी सूचना प्रकाशित गरेको र आफूलाई यसमा कसैले गाली, बेइज्जति र कुटपिट गर्नु गैरकानुनी भएको भन्नुहुँदै आफूलाई दुव्र्यवहार र कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्नुभएको छ । 

यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग घटनाबारे जानकारी लिँदा उहाँले गौशाला नगरपालिकामा इन्जिनियर साहमाथि गाली बेइज्जति भएको, स्थानीय र इन्जिनियरबीच भनाभन् भएकोबारे आफूलाई जानकारी भएको तर कुटपिट भएकोबारे प्रहरी टोलीले केही नभनेको बताउनुभयो । 

साथै, उहाँले आफ्नो प्रहरी टोली घटनास्थल पुग्दा बादविवाद साम्य भइसकेको तथा उनीमाथि कुटपिट गर्ने समूह भागिसकेको बताउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको