Like us!
Follow us!
Connect us!
Watch us!

हरिसिद्धि कम्पनीको साधारणसभा गर्न माग

सोमबार, १४ चैत्र २०७३, १७ : ५० मा प्रकाशित

हरिसिद्धि कम्पनीको साधारणसभा गर्न माग

अर्थ संसार 

काठमाडौँ– हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिटेड सेयर सङ्घर्ष समितिका सदस्यले १३ वर्षदेखि रोकिएको कम्पनीको साधारण सभा गराउन माग गरेका छन् । 

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गर्दै सङ्घर्ष समितिका संयोजक अच्युतप्रसाद मिश्रले कम्पनीको निजीकरण गरी साधारण सभा नगर्दा आफूजस्ता करिब सात हजार संस्थापक र साधारण सेयरधनीले कुनै किसिमको लाभ पाउन नसकेको गुनासो गर्नुभयो । 

उहाँले भन्नुभयो, “निजीकरण गरी आर्थिकरुपमा सबल रहेको कारखानाको अवस्था अहिले जर्जर बन्न पुग्यो । हामी कर्मचारीले एक÷एक रुपैयाँ जम्मा गरेर सेयर हालेका छौँ, तर एनबी समूहका भनिने केही व्यक्तिले आफ्ूहरुको बहुमत रहेको भन्दै हामीलाई ठगी गरिरहेका छन् ।” 

चीन सरकारको सहयोगमा नेपाल सरकारले विसं २०२५ मा उक्त कम्पनी विधिवतरुपमा सञ्चालनमा ल्याएको थियो । विसं २०४९ मा तत्कालीन सरकारले ४२० रोपनी क्षेत्रफलमा रहेको जग्गा करिब रु १८ करोडमा निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो । अहिले कम्पनीका नाममा करिब १७ रोपनी मात्र जग्गा रहेको बताइएको छ । 

सङ्घर्ष समितिका सदस्य पूर्ण महर्जनले एनबी समूहका व्यक्तिले आफूखुसी सञ्चालक समिति गठन गरी मनोमानीपूर्वक पब्लिक लिमिटेडलाई निजीकरण गरी कम्पनीको जग्गा धितो राखी पैसा उठाउने र मनपरी ढङ्गले पैसा चलाउने गरेको आरोप लगाउनुभयो । 

कम्पनीमा भ्रष्टाचार गर्नेलाई सरकारीस्तरबाट छानबिन गरी कारबाही गर्नुपर्ने, १३ वर्षदेखि साधारणसभा नभएकाले कम्पनीका सेयरधनीको हकहित संरक्षण गर्न चरणबद्ध आन्दोलन गर्ने पनि समितिले जनाएको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको