Like us!
Follow us!
Connect us!
Watch us!

यूट्यूबमा आक्रमक दर्शक  पायो ‘ए मेरो हजुर २’ को गीतले [भिडियोसहित]

सोमबार, १४ चैत्र २०७३, १७ : १९ मा प्रकाशित

अर्थ संसार 
काठमाडौं–  आइतबार साँझ एक कार्यक्रमका विच सार्वजनि भएको ‘ए मेरो हजुर २’ को गितले युट्यूबमा आक्रमक दर्शक पाएको छ ।  

फिल्मको शीर्ष गीतले २४ घण्टाको अवधि नबित्दै झण्डै साढे दुई लाखको हाराहारीको भ्यू काउन्ट पार गरेको छ । गीतमा उनले डेब्यू नायक सलिन मान बाँनियासँग रोमान्स गरेकी छन् ।

नेपाली रजतपटमा अभिनेत्री तथा निर्माताका रूपमा रहेकी झरना थापाले निर्देशन गरेकी ‘ए मेरो हजुर २’ फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह, सलिनका अलावा सलोन बस्नेत, अजश्र ढुंगाना, अम्बर सुबेदी, अनुभव रेग्मी बुद्धि तामाङ, सुमन पौडेल तथा अनुराग मान सिंह कुँवरको अभिनय रहेको छ ।

यूट्यूबमा गीतलाई औषत भनेर कमेन्टहरू गरिएको छ भने लोकेशनलाई असाध्यै राम्रो भनेर तारिफ गरिएको छ। संजय लामाको छाँयाकंन रहेको फिल्मबाट झण्डै २० वर्ष नेपाली रजतपटमा अभिनेत्री तथा निर्माताका रूपमा रहेकी झरना थापाले निर्देशन गरेकी हुन्।

गीत सार्वजनिक गरिएको कार्यक्रममा फिल्मको पोस्टर तथा रिलिज मिति समेत सार्वजनिक गरियो। फिल्म भदौ १६ गते रिलिज हुनेछ।

फिल्ममा साम्राज्ञी तथा सलिनका अलावा सलोन बस्नेत, अजश्र ढुंगाना, अम्बर सुबेदी, अनुभव रेग्मी बुद्धि तामाङ, सुमन पौडेल तथा अनुराग मान सिंह कुँवरको अभिनय रहेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको