Like us!
Follow us!
Connect us!
Watch us!

तिला कर्णाली जलविद्युत आयोजनाको सेयर कर्णालीबसाीलाई प्रतिघर एक- एक लाख

आइतबार, १३ चैत्र २०७३, १६ : ४२ मा प्रकाशित

तिला कर्णाली जलविद्युत आयोजनाको सेयर कर्णालीबसाीलाई प्रतिघर एक- एक लाख

अर्थ संसार 
कामठाडौं– सरकारले कर्णाली क्षेत्रका जनतालाई प्रतिघर एक–एक लाख कित्ता सेयर प्रदान गर्ने भएको छ । तिला कर्णाली जलविद्युत् आयोजनाको दुई प्याकेजमा कर्णालीबासीलाई उक्त परिमाणको सेयर दिइने भएको छ ।

कर्णाली क्षेत्रका जनतालाई आर्थिक रुपमा सक्षम , समुन्नत तथा आयोजनामा अपनत्व गराउने लक्ष्यका साथ सरकारले सो रणनीति अख्तियार गरेको हो ।तिला कर्णाली जलविद्युतको शेयर कर्णालीबासीले पाउने, शेयर दिने प्रक्रिया उर्जाले अघि बढाउँदै गरेको थाहा पाएपछि कर्णाली क्षेत्रका जनता समेत प्रफुल्ल्ति भएका छन् ।

राज्यले सधै पराईको व्यवहार गरेको कर्णालीबासीको सपना र जलविद्युत् आयोजनामा सहभागि गराउने प्रयास पहिलो पटक भएको हो ।ऊर्जा मन्त्रालयले सो सम्बन्धमा प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्माले कर्णाली क्षेत्रका जनतालाई प्रतिघर एक एक लाख कित्ता सेयर तिला कर्णाली जलविद्युत् आयोजनाको दुई वटा प्याकेजमा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले राष्ट्र निर्माणको प्रमुख आधार जलविद्युत् नै उत्तम विकल्प भएको उल्लेख गर्दै नेपालका मेहनती, अनुशासित र कर्तव्यनिष्ट युवा शक्तिलाई विश्वासमा लिएर एकाध वर्षमा उच्च आर्थिक विकास गर्ने सरकारको चाहना भएको पनि उल्लेख गरे ।

क्षमताअनुसारको काम दिने र युवा शक्तिलाई मुलुक निर्माणको अभियानमा जोड्ने एउटा मात्रै विकल्प जलविद्युत् मात्रै भएको भन्दै बुढेसकालमा पेन्सन पाउने, आर्थिक रुपमा समृद्ध हुने आधार क्रमशः तयार पार्ने क्रम सुरु भएको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको