Like us!
Follow us!
Connect us!
Watch us!

लामो समयपछि अघि बढ्यो कावेली ए,चार  वर्षमा सक्ने लक्ष्य

आइतबार, १३ चैत्र २०७३, १३ : ५५ मा प्रकाशित

लामो समयपछि अघि बढ्यो कावेली ए,चार  वर्षमा सक्ने लक्ष्य

अर्थ संसार 
काठमाडौं – नेपाली तथा विदेशी संयुक्त लगानीमा अगाडि बढाइएको ३७.६ मेगावाट क्षमताको कावेली ए जलविद्युत आयोजना निर्माण सुरु भएको छ । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र सिङगापुरमा रहेको इन्फ्राको एसियाको संयुक्त लगानीमा कावेली ए आयोजना निर्माण सुरु भएको हो ।

आयोजना कावेली इनर्जी लिमिटेडमार्फत निर्माण सुरु भएको हो । आयोजना सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको भौतिक पूर्वाधार यसअघि नै निर्माण सुरु भइसकेको थियो । आयोजनाकै काम अगाडि बढाइएको कम्पनीले जनाएको छ । 

आयोजनामा बीपीसीको ५५ र इन्फ्राकोको ४५ प्रतिशत स्वामित्व छ । कावेली ए इन्फ्राकोको पहिलो जलविद्युत आयोजना हो । कावेली बनाउन रु  १० अर्ब रुपैयाँ लाग्ने छ । कावेलीको प्रतिमेगावाट लागत रु २६ करोड ६० लाख रहेको छ ।

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

आयोजनामा विश्व बैंक, अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) क्यानेडियन जलवायु परिवर्तन कार्यक्रम सहित, नेपाल जलविद्युत् लगानी तथा विकास कम्पनी र एनआईसी एसिया बैंकको ऋण सहयोग रहेको कावेली इनर्जीले जनाएको छ ।

पञ्चकन्या समूहका प्रदीपकुमार श्रेष्ठ बीपीसीलाई प्रतिनिधित्व गर्दै कावेली इनर्जीको अध्यक्ष भएका छन् । आयोजनाबाट वार्षिक २० करोड ५० लाख युनिट विद्युत उत्पादन हुनेछ । 

कावेली एले उर्जाको बढ्दो माग पूर्ति गरी आयातित विद्युत माथिको निर्भरता घटाउन मद्धत गर्ने अपेक्षा गरिएको छ ।  आयोजना सञ्चालनमा आएपछि हाल ग्रीडबाट विद्यतु उपभोग गरिरहेका १६ लाख जनता र ३ लाख २० हजार घरधुरीले विद्युत् सुविधा पाउनेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको