Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा वित्तीय सहयोग प्रदान

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, ०९ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नबिल बैंक लिमिटेडले कोरोना भाइरस परिक्षणका लागि कर्णाली प्रदेश सरकारलाई आफ्नो अस्पतालमा एक थान पिसिआर मेसिनका लागि वित्तीय सहयोग प्रदान गरेकाे छ ।

बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (Covid-19) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले श्री कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पिसिआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हाे ।

सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग भै,  पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको