Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार मात्र कोरोनालाई जितेर घर फर्किए थप ४३ जना संक्रमित

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १८ : १९ मा प्रकाशित

मंगलबार मात्र कोरोनालाई जितेर घर फर्किए थप ४३ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप ४३ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १५५ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप ४३ जना डिस्चार्ज भएका जानकारी दिएका छन् । तीमध्ये २ जना महिला र ४१ जना पुरुष रहेका उनले बताए ।

डिस्चार्ज हुनेहरुमा वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ७ देखि ५३ वर्ष उमेर समूहका संक्रमितहरू रहेका छन् । उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे । उनीहरु ११औं दिनदेखि १६औं दिनको अविधमा कोरोना जित्न सफल भएका पनि प्रवक्ता देवकाेटाले बताएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको