Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १६ : ४९ मा प्रकाशित

मंगलबार एकैदिन थप ९० जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ७७२ जना पुगेकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मंगलबार थपिएका संक्रमितमध्ये महोत्तरीका २ जना, बारामा कार्यरत जुम्लाका २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जना, कपिलवस्तुका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रूपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङ्जाका २ जना र सुर्खेतका १२ जना रहेका डा. देवकोटाले बताएका छन् । 

त्यसैगरी, नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको