Like us!
Follow us!
Connect us!
Watch us!

अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको विप्रेषण सेवा सुरू

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १५ : ५८ मा प्रकाशित

अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको विप्रेषण सेवा सुरू

अर्थ संसार, काठमाडौं – हङकङको ख्यातिप्राप्त KME Remittance लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरू भएको छ ।

हङकङमा रहेका नेपालीहरूले KME Remittance  को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७५०० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको  जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

यसैगरी, उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र KME Remittance लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरूङ्गले हस्ताक्षर गरेका छन् । 

हिजाे एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो विप्रेषण कारोबार नेपालको लागि हङकङका महावाणिज्य दूत  कमल प्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरू गरिएको छ । साथै नेपाल विप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

त्यस्तै, सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको