Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवि शिक्षण अस्पतालमा पनि सुरु भयाे पिसिआर परीक्षण

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १७ : ५७ मा प्रकाशित

त्रिवि शिक्षण अस्पतालमा पनि सुरु भयाे पिसिआर परीक्षण

अर्थ संसार, काठमाडौं – त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा पनि पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । 

टिचिङ अस्पालमा आइतबार एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सकिने क्षमता भएको पीसीआर मेसिन जडान गरिएको हो । यो सँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित देशभरका २० स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।

मेसिन जडान गरिएसँगै पहिलो चरणमा अस्पतालमा संकलन भएका करीब ३० जनाको नमूना परीक्षण गर्न लागिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिएका छन् । आवश्यकता अनुसार परीक्षणको दायरा बढाउँदै लैजाने समेत उनले बताए ।

त्यसैगरी, शिक्षण अस्पतालको आइसोलेसनमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् भने १२ जना आइसोलेसनमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको