Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै : साेमबार एकैदिन फर्किए थप २५ जना संक्रमित

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १७ : ३३ मा प्रकाशित

कोरोनालाई जितेर घर फर्किनेको संख्या बढ्दै : साेमबार एकैदिन  फर्किए थप २५ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप २५ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ११२ पुगेको छ । ती मध्ये ८३ जना पुरुष र २८ जना महिला रहेका छन् ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन थप २५ जना डिस्चार्ज भएका जानकारी दिएका छन् । तीमध्ये ९ जना महिला र १५ जना पुरुष रहेका उनले बताए ।

उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे । 

डिस्चार्ज हुनेहरुमा पर्साका १८ जना, पाटन अस्पतालबाट धनुषा, काठमाडौं, धादिङ, दाङ र बर्दियाका एक-एक जना, टेकु अस्पतालबाट सर्लाही घर भएका ३४ वर्षीय पुरुष र तौलिहवाका १ जना स्वास्थ्यकर्मी रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको