Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १६ : ४९ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा जेठ ४ गते निधन भएका उनकाे सोमबार बिहान मात्रै कोरोना पोजेटिभ भएको रिपोर्ट आएको हो । जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलो पटक ५ गते शंकास्पद देखिएको थियो । त्यसपछि फेरि ६ गते परीक्षण गर्दा पनि शंकास्पद नै देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । जनस्वास्थ्य प्रयोगशालामा समेत उनको रिर्पोट पोजिटिभ आएको हाे ।

मृत्यु भएका ती वृद्धको अन्तिम संस्कार पनि परिवारले गरिसकेकाे छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको