Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीबासीको प्रश्न : के छ मेलम्ची खानेपानी आयोजनाको हालखबर ?

मिलन खड्का

शनिबार, १० जेठ २०७७, १५ : ५६ मा प्रकाशित

राजधानीबासीको प्रश्न : के छ मेलम्ची खानेपानी आयोजनाको हालखबर ?

अर्थसंसार, काठमाडौँ-विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ का कारणले देश लकडाउनको अवस्थामा रहेको छ । देश चलाउने सरकारी कर्मचारीहरु पनि बिना काम घरैमा बसिरहनु भएको छ ।

यस अवस्थामा मेलम्ची आयोजनाका ठेकेदार तथा कर्मचारीहरु कहाँछन र के काम गर्दैछन ? हामी राजधानीबासीले कहिले पानी पाउने छौं भन्ने बारेमा चर्चा परिचर्चा हुन आवश्यक छ ।


यो राष्ट्रिय प्राथमिकताको महत्वपूर्ण आयोजनाको अवस्था के छ भन्ने बारेमा चर्चा परिचर्चा भएको सुनिएको छैन । संसदको अधिवेशनमा यस आयोजनाको बारेमा कुरा उठेन ।

नयाँ ठेकेदार चिनिया कम्पनी सिनो हाईड्रोले तोकेका समयमा निर्माण पुरा गर्दछु भनेको यो आयोजनाको निर्माण कहिले पुरा हुने हो ?

लक्डाउनका कारण देखाई काठमाडौँ बासीलाई देखाईएको सपना फेरि पर धकिलिने पो हो कि ? अझ हाम्रो पुस्ताले कति दिन,महिना वा वर्ष काकाकुल झैँ पानी अभावमा बस्नु पर्ने हो ? 

कति किनिएको पानी, जारको पानीमा पैसा बगाएर हामीले कुर्न पर्ने हो ? खानेपानी मन्त्री दर्जनौ आए गए तर सबै मन्त्रीले आफ्नो कार्यकालले राजधानी वासीलाई पानी खुवाउछु भन्न कहिले छाडेनन। 

अहिलेको ५ वर्षे बहुमतको सरकारको पालामा त पक्कै मेलम्चीको पानी खाना पाइन्छ भन्ने काठमाडौँ वासीले आशा भने गरेका छन्।  सबैको घरघरमा पानीको पाइप भने पुगेको छ। पक्कै पनि अहिले फ्रीमा पाइपबाट आएको हावा भन्दा हामीले पैसा तिरेर पानी पिउँदा हामी खुसी हुन्थ्यौ।  

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको