Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन  मेगा बैंकको लिलाम हकप्रद सेयर ? आइतबारदेखि आवेदन खुल्ला

शुक्रबार, ११ चैत्र २०७३, १३ : ०७ मा प्रकाशित

किन्ने होइन  मेगा बैंकको लिलाम हकप्रद सेयर ? आइतबारदेखि आवेदन खुल्ला

अर्थ संसार 
काठमाडौं– मेगा बैंकको लिलामी सेयर किन्ने हो रु किन्ने भए आईतबार पर्खनुहोस् । बैंकले इतबारदेखि ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । इच्छुक लगानीकर्ताले उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्छन् । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ
मेगा बैंको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंङ रहेको छ । 

बैंकको शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।

बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।

बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको