कार्यालयमा लाइसेन्स बनाउने, सवारी साधन दर्ता गर्ने, नविकरण गर्नेहरुको भिडभाड छ । कार्यालयको ब्यवस्थापन भने भद्रगोल देखिन्छ । लाइसेन्स लिन आउनेहरुले अनावश्यक झन्झट ब्यहोर्नु परेको सेवाग्राही सजना लामिछानेले गुनासो गरिन् ।
लाइनमा मान्छेमाथि मान्छे चढेको देखिन्छ । सेवाग्राही दलालका फाइल बोकेर कार्यालयभित्रै परेका देखिन्छन् । कतिपय कोठामा कर्मचारी देखिँदैनन् । लामिछाने कार्यालयको अबस्था र कर्मचारीको ब्यवहार देखेर निकै आक्रोसित देखिइन् ।
कानुन अनुसार हुने काम गराउन किन पैसा दिने ? उनलाई त्यस्तो लागेको छ । उनी आफैं लाइन बसेर भने एकै दिनमा काम गराउन नसक्ने भइन् । एक दिन विदा खेर गइ सक्यो । अझै कति दिन लिनु पर्ने हो ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस