Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष केन्द्रित उपहार योजना बजारमा

बुधबार, ०९ चैत्र २०७३, १८ : ०६ मा प्रकाशित

महिन्द्रा टू व्हीलरको नयाँ वर्ष केन्द्रित उपहार योजना बजारमा

अर्थ संसार
काठमाडौं–महिन्द्रा टु–व्हीलर्स्को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्रीवितरण गर्दै आइरहेको अग्नि मोटो इन्कले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्क्रयाच गरौं दुईतालि” नामक रोचक योजना बजारमा ल्याएको छ । 

यस योजनाअन्तर्गत महिन्द्रा टु व्हीलर खरिदकर्ताहरुका लागि ४ सय प्रतिशतसम्म क्यासब्याक बोनस पाउने नौलो अवसर रहेको छ । यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्त्र्mयाच् कार्डमा दुई पटकसम्म स्त्र्mयाच् गर्न सकिने व्यवस्था छ ।

पहिलो स्त्र्स्क्रयाचमा ग्राहकहरुले १ लाख रुपैयाँसम्म पक्का जित्ने छन् । दोश्रो स्क्रयाचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । यस योजनाले महिन्द्रा टु व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि नयाँ वर्षमा थप उत्साह भर्ने कम्पनीको दावी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको