Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयले दियो स्थानीय तहलाई ७४४ करोड

बुधबार, ०९ चैत्र २०७३, १६ : ०३ मा प्रकाशित

अर्थ मन्त्रालयले दियो स्थानीय तहलाई ७४४ करोड

अर्थ संसार
काठमाडौँ– अर्थ मन्त्रालयले ७४४ वटा स्थानीय निकायलाई रु सात अर्ब ४४ करोड बजेट निकासा गरेको छ । मन्त्रालयले आज सबै स्थानीय तहलाई उक्त रकम निकासा गरेको हो ।

मन्त्रालयले स्थानीय तहको कार्यालय सञ्चालन तथा अन्य दैनिक काम कारवाहीलाई सहज रुपमा अगाडि बढाउनका लागि उक्त रकम निकासा गरेको हो । उक्त रकम स्थानीय निकायले भौतिक पूर्वाधार विकासमा खर्च गर्नेछन् ।

नयाँ बनेको गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले पूर्वाधार विकास गर्नेछन् । रु एक करोडका दरले रकम निकासा गरिएको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

स्थानीय निकायको स्थापना हुने तर रकमको अभावका काम नहुने अवस्था आउँला र बोर्डमा मात्रै स्थानीय तहको संरचना होला भन्ने आशंका उत्पन्न भएपछि रकम निकासा गरेर साधन तथा स्रोतले सम्पन्न गराउन लागिएको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको