Like us!
Follow us!
Connect us!
Watch us!
आज मध्यरातदेखि खुल्दैछ अनलाइन फारम

दक्षिण कोरिया जाने हो, घरमै बसेर भर्नुस फाराम

बुधबार, ०९ चैत्र २०७३, ११ : ५१ मा प्रकाशित

दक्षिण कोरिया जाने हो, घरमै बसेर भर्नुस फाराम

अर्थ संसार 
काठमाडौं– तपाई वैदेशकि रोजगारीका लागि दक्षिण कोरिया जाने सोचमा हुनुहुन्छ । लामो लाइन बस्नु पलाए भनेर मन मारेर बस्नु भएको छ भने चिन्ता नमान्नुस , त्यसका लागि तपाईसँग इन्टरनेछ सुविधा मात्रै भए हुन्छ ।

तपाईले घरमै बसी बसी दक्षिण कोरिया जाने परीक्षामा सहभागी हुन सक्नुहुन्छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाका लागि अनलाइन प्रणाली मार्फत फर्म भने सकिने व्यवस्था गरिएको छ ।

 दक्षिण कोरिया जाने फर्म भर्नका लागि अनलाइन प्रणालीको व्यवस्था गरिएको छ । फर्म आज मध्यरात १२ बजेदेखि खुला गरिन लागेको छ । फर्म भर्नका लागि तोकिएको बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले भोलि बुधबार विहान १० बजेपछि मात्रै फराम भर्न सकिने छ । अनलाइनबाट फर्म भरेर बैंकबाट रकम बुझाएपछि परीक्षाका लागि योग्य ठानिनेछ ।

आज मध्यरातदेखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझिने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले बताए ।पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको हो । नयाँ प्रक्रियाले फर्म भर्न रातभर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ  । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्षा ८० हजार युवाले इपीएस परीक्षा दिने अनुमान गरिएको छ ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गरिएको र त्यसले फर्म भर्न सहज हुने र रोजगारीमा जान चाहनेलाई सहज हुने बताइएको छ ।

अनलाइनमा फारम भर्न ग्लोबल आईएमई बैंकको  तोकिएका शाखामा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएको छ ।

दक्षिण कोरियामा हाल ४५ हजार नेपाली कार्यरत छन् । उनीहरुको कमाइ समेत अन्य मुलुकको तुलनामा बढी भएकाले नेपाली युवाको आर्कषण बढ्दै गएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको