Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले घर बनाउने भयो ? हेनुहोस ३ लाखको भूकम्प प्रतिरोधी डिजाइनका घरहरु

बुधबार, ०९ चैत्र २०७३, १० : ३० मा प्रकाशित

तपाईले घर बनाउने भयो ? हेनुहोस ३ लाखको भूकम्प प्रतिरोधी डिजाइनका घरहरु

अर्थ संसार

काठमाडौँ–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले कम लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको छ । डिजाइनअनुसार कम्तीमा रु दुई लाख ९२ हजारको लागतमा दुईकोठे भवन निर्माण गर्न सकिनेछ । 

सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले पाँचवटा र जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले जानकारी दिए । 

प्रमुख कार्यकारी अधिकृत पोखरेलको संयोजकत्वमा आज बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले नयाँ ६ प्रकारका घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो । 

डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइनअनुसार ढुङ्गाको जोडाइ र माटोको गारोका एकतल्ले घर एवम् ढुङ्गाको गारोमा माटोको जोडाइ तथा सिमेन्टले समेत जोडी भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । 

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले कम लागतमा धेरै विकल्पमध्ये आफूलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सहरी विकास मन्त्रालयले यसअघि १७ वटा घरको नमुना डिजाइन तयार गरेको थियो । प्रभावित जिल्लामा हाल १७ प्रकारका नमुनामा घर बनाउन सिफारिस गरिन्थ्यो । अब २३ प्रकारका नमुनामध्ये पीडितले आफूलाई मन परेको नमुना छानेर घर बनाउन सक्नेछन् । 

समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न सम्बन्धित जिल्लाका प्रजिअलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइ सर्न चाहने प्रभावितलाई जग्गा किन्न रु दुई लाख अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । 

बैठकले काठमाडौँ उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन प्राधिकरणअन्तर्गतको सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको