Like us!
Follow us!
Connect us!
Watch us!

सिप विकास तालिम सम्पन्न

बुधबार, ०९ चैत्र २०७३, १० : ०७ मा प्रकाशित

सिप विकास तालिम सम्पन्न

अर्थ संसार
धादिङ–प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भूकम्प प्रतिकार्य कार्यक्रमको आयोजनामा सञ्चालन भएको २ महिने आधारभूत तालिम सम्पन्न भएको छ ।

यहि मिति २०७३ माघ ७ देखि सञ्चालन भएको २ महिने आधारभूत सिलाई, व्युटीपार्लर र कडाई तालिमका सहभागिहरुलाई प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालवाट प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रम गा.वि.स. अन्र्तगत दार्खा, धुषा र कुम्पुरवाट सिलाई तर्फ ८ जना, व्युटीपार्लर तर्फ २ जना र कडाई तर्फ १ जना समेत गरि ११ जनाको सहभागिता रहेको तालिमको समापन कार्यक्रमको अवसरमा सहभागिको तर्फवाट तालिममा सहभागी हुन पाएको र आफूले महत्वपूर्ण सिप हासिल गरेकोमा प्रयास नेपाल र अक्सफामलाई धन्यवाद व्यक्त गरेका छन

। कार्यक्रमको प्रारम्भिक चरण अन्र्तगत लक्षीत सहभागीको छनौट पश्चातः  ३ दिने उद्यमशीलता तालिम पश्चातः व्यावसायिक योजना तयार गरि सिप विकास तालिम प्रदान गरिएको हो ।

लक्षीत समुदायको आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रम अन्र्तगत साना व्यवसाय सहयोग स्वरुपः कार्यक्रमको तर्फवाट व्यवस्थापन खर्च प्रतिव्यक्ति रु. ४००००।– का दरले सहयोग गरिएको र हालसम्म विभिन्न छोटो तथा लामो अवधिको सिप विकास तालिम पश्चातः कुम्पुर, दार्खा र धुषा गा.वि.स. का जम्मा १२० जना लक्षीत वर्गलाई प्रतिव्यक्ति रु. ४००००।– का दरले विउ पूंजी सहयोग गरिएको कार्यक्रम संयोजक उमेश नकर्मीले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको