Like us!
Follow us!
Connect us!
Watch us!
१३ महिनाको धान्छ खर्च, भारतीय रकम बढी, अमेरिकी डलर पछ्याँउँदै

सरकारको ढुकुटीमा रु १० खर्ब विदेशी मुद्रा

मंगलबार, ०८ चैत्र २०७३, १३ : ४८ मा प्रकाशित

सरकारको ढुकुटीमा रु १० खर्ब विदेशी मुद्रा

अर्थ संसार 
काठमाडौं– मुलुकमा पछिल्लो पटक  विदेशी विनिमय सञ्चिती बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा सञ्चिती ३.७ प्रतिशत बढेर गत माघसम्म रु १० खर्ब ७७ अर्ब ४७ करोड पुगेको छ । 

गत असारमा रु १० खर्ब ३९ अर्ब २१ करोड वचत रहेको थियो । सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७३ असारको रु ८ खर्ब ८७ अर्ब १ करोड तुलनामा गत माघमा ३ प्रतिशतले वृद्धि भई रु  ९ खर्ब १३ अर्ब ४६ करोड पुगेको छ ।

फागुनमा पनि सञ्चिती रकम बढेको भएपनि त्यसको मूल्यांकन भइरहेको र केही दिनमा जानकारी दिइने बैंकले बताएको छ ।   त्यसैगरी, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिती गत असारको तुलनामा ७.८ प्रतिशतले वृद्धि भई रु  १ खर्ब ६४ अर्ब पुगेको छ । 

कुल सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत छ । यस्तै अमेरिकी डलर २० प्रतिशतको हाराहारीमा रहेको बताइएको छ ।

 सात महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १३.७ महिनाको वस्तु आयात र १२ महिनाको वस्तु  तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको