Like us!
Follow us!
Connect us!
Watch us!
पाँच अर्बको ऋणपत्रमा  कसले लगानी गर्न सक्छन् ?

लगानी गर्ने ठाँऊ खोज्नु भएको हो, राष्ट्र बैंकको ऋणपत्र आजदेखि खुल्यो

मंगलबार, ०८ चैत्र २०७३, १२ : ४७ मा प्रकाशित

लगानी गर्ने ठाँऊ खोज्नु भएको हो,  राष्ट्र बैंकको ऋणपत्र आजदेखि खुल्यो

अर्थ संसार
काठमाडौं – तपाईसँग लगानीको लागि योग्य रकम छ वा कहाँ लगानी गरौ भनेर बसीरहनु भएको छ । त्यसो भए धन्दा नमान्नुस । किनकी  नेपाल राष्ट्र बैंकले आज रु  ५ अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।

कुल ७ वर्ष अवधिको लागि विक्री गर्न लागिएको विकास ऋणपत्र २०८ क  नाम दिइएको उक्त विकास ऋणपत्र बोलकबोलद्वारा निष्कासन गरिने राष्ट्र बैंकले जनाएको छ । 

ऋणपत्र खरिद गर्नका लागि बैक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सबैले सहज र सरल रुपमा खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ । 

प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने ऋणपत्रको साँवा भुक्तानी ०८० चैत ९ गते भुक्तानी हुने हुने छ । ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ । त्यसबाट दोहोरो फाइदा हुने छ । एकातिर ब्याज पनि पाइने अर्को तिर बैंक तथा वित्तिय संस्थामा धितो राखेर कर्जा पनि लिन पाइने भएकाले यस्ता ऋणपत्रलाई दुईवटै हातमा लड्डु सरह मान्न सकिन्छ । 

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलपत्रवालालाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात रु ४ अर्ब र रु १ अर्बको भाग लगाइएको छ । 

अप्रतिस्पर्धी बोलपत्रवालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलपत्रवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको