Like us!
Follow us!
Connect us!
Watch us!

बाख्रा उपहार पाएपछि आमाहरु मख्ख

सोमबार, ०७ चैत्र २०७३, १९ : ३४ मा प्रकाशित

बाख्रा उपहार पाएपछि आमाहरु मख्ख


प्रदिप श्रेष्ठ
नुवाकोट– बाख्रा उपहार पाएपछि साविक तारुका गाउँ विकास समिति वडा नम्वर ६ हटियाँ गाउँका महिलाहरु यतिखेर मख्ख भएका छन् । गणेशस्थान महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले संचालन गरेको गरिबी निवारणको लागि गणेशहिमाल पशुपालन कार्यक्रम अन्र्तगत बाख्रा उपहार पाएपछि उनीहरु मख्ख भएका हुन् ।  बाख्रा पाएपछि आफ्नो आर्थिक विकास टेवा पुग्ने उनीहरुले बताएका छन् । 

गणेशहिमाल पशुपालन कार्यक्रम अन्र्तगत मुल समूहका सदस्यहरुले ५ वटा पञ्चकन्या ,गोरखकाली, कालिका,गोरखनाथ र चक्रदेवी उपहार समूहका महिला सदस्यहरुलाई उपहार स्वरुप ४६ वटा बाख्रा सहयोग एक कार्यक्रम बिच शनिबार हस्तान्तरण गरिएको थियो ।  यस अघि महिला समूहहरुले आधारशिला तालीम, घोर गोठ सुधार, करेसाबारी, पोषण बिषयमा तालीम प्राप्त थिए । 

    आधारशिला तालिममा  उपहार प्रदान,उत्तरदायित्व,बाँडिचुँडी उपभोग र स्याहार,दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन,पोषण स्वाथ्स्य आयआर्जन, लैङ्गिक परिवार केन्द्र बिन्दु,बास्तविक आवश्यकता र निर्णय,वातावरण सुधार,पूर्ण सहभागीता, तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका १२ वटा आधारशीलाबाट प्राप्त सिकाई कार्यान्वयन तथा ज्ञान सीप बिस्तार  बिषयमा जानकारी पाई व्यवहारमा लागू गर्ने क्रममा उपहार प्रदान कार्य गरिएको गणेशस्थान समूहका अध्यक्ष बिष्णुमाया श्रेष्ठले बताईन् ।

  महिला समूका सदस्यहरुले आफ्नो घरबारीका घाँस रोप्ने,घोर निर्माण गर्ने, बातारण सफाई गर्ने कार्य गर्ने गरेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिईन् । गणेशस्थान समूहका अध्यक्ष बिष्णुमाया श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा हेफर ईन्टरनेशलनलका फिल्ड अफिसर  ऋषि पौडेल,प्रयास नेपालका कार्यक्रम संयोजक सुनिता कँडेल, जिल्ला पशु सेवा कार्यालयका नुवाकोटका प्रतिनिधी  प्रतिनिधीहरु, स्थानीय समाजसेवीहरु, संचारकर्मी, स्थानीय अगुवाहरु सहित तारुकामा गठित १ मुल समूह र ५ वटा उपहार महिला समूहका १७० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रम संयोजक सुनिता कँडेलले जानकारी दिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको