Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगले भन्यो –टेलिकमको देशभरको कभरेज  कति हो ?

सोमबार, ०७ चैत्र २०७३, १० : ३४ मा प्रकाशित

निर्वाचन आयोगले भन्यो –टेलिकमको देशभरको कभरेज  कति हो ?

अर्थ संसार 
काठमाडौं– निर्वाचन आयोगले मुलुकभर टेलिकमको हालको अवस्थाको तथ्यांक मागेको छ । आयोगले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेर देशभर टेलिकम कम्पनीको पहुँच र सेवाको जानकारी माग गरेको हो ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारीलाई ध्यानमा राखेर आयोगले तथ्यांक माग गरेको प्राधिकरणले जनाएको छ । ‘आयोगले हरेक गाउँपालिकामा टेलिकमको पहुँच र कम्पनीहरुको सेवाको बारेमा जानकारी माग गरेको छ,’ प्राधिकरणले भन्यो । 

प्राधिकरणका अनुसार आयोगले गाउँपालिकामा कुन टेलिकम कम्पनीले सेवा दिईरहेको छ भनेर तथ्यांक खोजेको र त्यसबाट निर्वाचनको प्रचारलगायतका काम गरिने उद्देश्य रहेको हुन सक्छ । 

आयोगको मागको आधारमा प्राधिकरणले सबै टेलिकम अपरेटरहरुसँग उनीहरुको गाउँपालिकासम्मको पहुँच र अवस्थाको बारेमा तथ्यांकहरु संकलन गरिरहेको छ । हालसम्म चार वटा कम्पनीहरुले बिवरण पठाएका छन् । 

‘हालसम्म टेलिकम, एनसेल, एसटिएम र नेपाल स्याटेलाइटको तथ्यांक आईसकेको छ, बाँकीको पनि आएपछि आयोगलाई बिवरण पठाउँछौं,’ प्राधिकरणले भन्यो । प्राधिकरणले बाँकी दुई टेलिकम म्पनीहरु यूनाईटेल टेलिकम लिमिटेड (यूटिएल) र सिजी कम्यूनिकेन्सलाई पनि बिवरण उपलब्ध गराउन जानकारी गराईसकेको छ ।

प्राधिकरणकाअनुसार निर्वाचनको समयमा आवश्यक पर्ने टेलिकमको प्रयोग र अन्य विकल्पहरुमा जानुपर्ने अवस्थामा गर्नुपर्ने तयारीको लागि सूचना माग गरेको हो । 

नेपाल टेलिकम, एनसेल ठूला सेवा प्रदायक हुन् भने हेल्लो नेपाल, युटिएल भने मझौला सेवा प्रदायक हुन् । सबै कम्पनीको तथ्यांक माग गरेर आम जनतामा निर्वाचनको माहोल बनाउन लागिएको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको