Like us!
Follow us!
Connect us!
Watch us!

बजाजले ल्यायो ४ लाख ७० हजारको मोटरसाइकल

आइतबार, ०६ चैत्र २०७३, १५ : ५० मा प्रकाशित

बजाजले ल्यायो ४ लाख ७० हजारको मोटरसाइकल

दिनिता लामिछाने
काठमाडौं–बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अल न्यू बजाज डोमिनर ४०० बाइक नेपालमा सार्वजनिक गरेको छ । स्पोर्टी डोमिनारको मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ छ । 

नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यो मोटरसाइकलको प्रमुख पक्ष भनेको यसको इन्जिन हो । यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन रहेको कम्पनीले जनाएको छ ।

यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच रहेकाले १ सय ४८ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्छ । डोमिनार ४०० ले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमै तय गर्न सक्दछ  । केबल ४६.१९ मिटरमा १ सय किलोमिटर प्रतिघण्टाबाट शून्यमा ब्रेकिंग गर्न सकिन्छ । बजाज कम्पनीले उत्पादन गरेका सबै मोटरसाइकल भन्दा यो एडभान्स मोटरसाइकल हो ।

यसमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एन्टि लक ब्रेकिंग सिस्टमले ब्रेकिंगलाई सुरक्षित बनाएको छ । यो बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर  रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ । 

बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौंडाई ८१३ एमएम तथा १११२ एमएमको उचाई छ । यो बाइकमा १४५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउण्ड क्लियरेनस १५७ एमएम छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ । यसको तौल १८२ केजी छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको