Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेन्ट, सिद्धार्थ र प्रभु बैंक क्लियरिङ बैंकमा छनोट

आइतबार, ०६ चैत्र २०७३, १२ : ३३ मा प्रकाशित

 

अर्थ संसार 
काठमाडौं– क्लियरिङ बैंकका रुपमा इन्भेष्टमेन्ट, सिदार्थ र प्रभु बैंक क्लियरिङ बैंकमा छनोट भएका छन् । नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) को संचालक समितिबाट स्वीकृत मापदण्ड र मूल्यांकन तालिका अनुसार सिडिएस एन्ड क्लियरिङ लि.ले क्लियरिङ बैंकको रुपमा यी माथिका बैंकहरुलाई छनोट गरेको हो ।

आशयपत्रहरुको मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने बैंकहरुलाई  सडिएससीको मूल्यांकन समितिले सिफारिस गरेको थियो ।

प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, इच्छुक कम्पनीले लिने शुल्क तथा प्रदान गर्ने सुविधाहरु प्रतिस्पर्धी भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको थियो ।

थप तीन वटा क्लियरिङ्ग बैंक नियुक्त गर्न सिडिएस एन्ड क्लियरिङ लि. ले सूचना प्रकाशित गरी आशयपत्र माग गरेकोमा सानिमा बैंक, बैंक अफ काठमान्डू, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सनराइज बैंक, एभरेस्ट बैंक र एनबी बैकलेआशयपत्र पेश गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको