Like us!
Follow us!
Connect us!
Watch us!

सङ्कटको मौका छोप्ने शङ्कर ग्रुपका अग्रवाल पक्राउ

अर्थ संसार

मंगलबार, २५ चैत्र २०७६, १७ : ५१ मा प्रकाशित

सङ्कटको मौका छोप्ने  शङ्कर ग्रुपका अग्रवाल पक्राउ

अर्थ संसार, काठमाडौँ- सङ्कटको समयमा व्यापारीले कसरी नाफा कमाउन खोज्दा रहेछन् भन्ने कुराको पुष्टि भएको छ । नेपाल प्रहरीले आज ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।

 महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो । रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।

 एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको