Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत PPE हस्तान्तरण

निशा हुमाँगाई

शुक्रबार, २१ चैत्र २०७६, १७ : ४६ मा प्रकाशित

सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत PPE हस्तान्तरण

अर्थ संसार, काठमाडौं - सनराइज बैंकको प्रादेशिक कार्यालय मार्फत PPE हस्तान्तरण गरीएकाे छ । 

बैंकले हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा प्रदेशमा समेत त्यसको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले निभाएको भुमिका सराहनीय रहेकोले, यहाँहरूको सुरक्षाको लागि सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण PPE जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वि सुब्बा गुरूङ्गलाई सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के.सी.ले औपचारिक कार्यक्रमका बिच उक्त सामाग्री (PPE) हस्तान्तरण गरेका हुन् ।

यसैगरी बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान (PPE) हस्तान्तरण गरेको छ । त्यसै क्रममा बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई हस्तान्तरण गरेका छन् । 

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी PPE उपलब्ध गराई सकेको छ  र अन्य प्रदेशहरूमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको