Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा नेपाल लाइफको १ कराेड सहयाेग

निशा हुमाँगाई

शुक्रबार, २१ चैत्र २०७६, १६ : ५२ मा प्रकाशित

काेराेना काेषमा नेपाल लाइफको १ कराेड सहयाेग

अर्थ संसार, काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेराेना काेषमा एक कराेड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । 

 कम्पनीको सञ्चालक समितिले विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड रूपैयाँ सहयोग गर्ने जनाएको हाे ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरूको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरूका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको