Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना अपडेट : भारतमा २ हजार ३०१ जना सङ्क्रमित, ५६ को मृत्यु

निशा हुमाँगाई

शुक्रबार, २१ चैत्र २०७६, १२ : ४६ मा प्रकाशित

काेराेना अपडेट : भारतमा २ हजार ३०१ जना सङ्क्रमित, ५६ को मृत्यु

अर्थ संसार, काठमाडौं - भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी दिएको छ ।

सङ्क्रमितहरु मध्ये १५६ जना निको भएर घर फर्किएका छन् । अरु दुई हजार ८८ अस्पतालमा उपचाररत रहेका छन् ।

भारतको महाराष्ट्रबाट ३३५ व्यक्ति सङ्क्रमित भएका छन् भने १६ जनाको मृत्यु भएको छ । त्यसैगरी तामिल नाडुका ३०९ व्यक्ति सङ्क्रमित रहेका र छ जनाको मृत्यु भएको छ । भारतको केरला राज्यको २८६ व्यक्ति सङ्क्रमति रहेका छन् भने दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय राजधानी नयाँ दिल्लीमा २१९ जना सङ्क्रमित भएका छन् भने चारको मृत्यु भएको छ । नयाँ दिल्लीका आठ जना उपचारपछि घर फर्किएका छन् ।

आन्ध्र प्रदेशमा १२३, कर्नाटकमा १२४, राजस्थानमा १३३, तेलाङ्गानामा १०७, चन्डीगढमा १८, जम्मु र काश्मिरमा ७०, लदाखमा १४ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको समाचारमा जनाइएको छ ।

त्यसैगरी, भारतको उत्तरपूर्वी राज्य मिजोरम र आसाममा एक, एक जना र मणिपुरमा दुई जनाको कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । – रासस/एएनआई

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको