Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश सरकारलाई सिएनआईको सहयोग

निशा हुमाँगाई

विहीबार, २० चैत्र २०७६, १७ : ०२ मा प्रकाशित

प्रदेश सरकारलाई सिएनआईको सहयोग

अर्थ संसार, काठमाडौं – नेपाल उद्योग परिसंघ सरकारसँग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।

आज एक कार्यक्रममा सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  माननीय त्रिलोचन भट्टलाई राहत सामाग्री उपलब्ध गराएका छन् ।

त्यस्तै, आजै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री माननीय शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक एक हजार थान प्याकेटहरु हस्तान्तरण गरिएको हो । आजै प्रदेश नं २ र काठमाण्डौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ । नेपालका सबै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने परिसंघले बताएकाे छ । 

यो रोगसँग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरु, आपत्कालीन व्यवस्थामा खटी रहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सबैलाई आत्मसंयम बनाई राख्न परिसंघले सबैलाई आग्रह गरेकाे छ ।

 यस्तो नाजुक अवस्थामा परिसंघ मानविय संकट आउन नदिन प्रतिवद्ध रहेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले सबैलाई आग्रह गरेकाे छ ।

त्यसैगरी, यस्तो विसम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिँदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत परिसंघले आग्रह गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको