Like us!
Follow us!
Connect us!
Watch us!
उदयपुर  सिमेन्ट उद्योगले ६ महिनामा कमायो २५ करोड

नियमित विद्युत पाएपछि सिमेन्ट उद्योगको  नाफा ह्वात्तै बढ्यो

शुक्रबार, ०४ चैत्र २०७३, १६ : ०० मा प्रकाशित

नियमित विद्युत पाएपछि सिमेन्ट उद्योगको  नाफा ह्वात्तै बढ्यो

अर्थ संसार 
काठमाडौँ– नियमित रुपमा विद्युत् उपलब्ध भएपछि २५ वर्षदेखि घाटामा गइरहेको उदयपुर सिमेन्ट उद्योगले रु २५ करोड नाफा कमाएको छ । सधै विद्युत् आपूर्ति नभएका कारण उद्योग घाटामा गएको भन्दै गुनासो आउने गरेकोमा चालु आवको ६ महिनामा नै उद्योगले ठूलो परिणाममा नाफा कमाएको हो । 

उद्योग सञ्चालन र त्यसको व्यवस्थापनमा विद्युत् सहज रुपमा उपलब्ध भएपछि उदयपुर सिमेन्टसँगै  र हेटौंडा सिमेन्ट उद्योगले नाफा कमाएको हो । कुल क्षमताको सदुपयोग, लागत न्युनिकरण र बिक्री बढाएर सो उपलब्धी सम्भव भएको हो । 

ऊर्जा मन्त्रालयकाअनुसार यो बर्ष उदयपुर सिमेन्टले रु २५ करोड नाफा गरेको जानकारीमा आएको छ । गत बर्ष यो कम्पनी रु ४० करोड घाटामा थियो । लामो समयदखि घाटामा रहेको उदयपुर सिमेन्टको कुल नोक्सान रु ४ अर्बको हाराहारी रहेको छ ।

त्यसैगरी, हेटौंटा सिमेन्टले पनि यो बर्ष रु २० करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । अघिल्लो बर्ष सो कम्पनीले रु ४ करोड ३० लाख खुद नाफा कमाएको थियो । उदयपुर सिमेन्ट उद्योगले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा १७ हजार ७ सय टन सिमेन्ट उत्दपादन गरेको छ ।

उद्योगको २६ वर्षे इतिहासमा यो पटक सातौं बढी उत्पादन भएको हो । यसअघि एक पटक २१ हजार टन र ५ पटक १८ हजार टन सिमेन्ट उत्पादन भएको थियो ।ती दुवै उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले नियमित रुपमा १०/१० मेगावाट विद्युत् उपलब्ध गराएको छ । जलविद्युत् आयोजना, भौतिक पूर्वाधार तथा विकास निर्माणको काममा गुणस्तरीय सिमेन्टको रुपमा उदयपुर र हेटौडा सिमेन्टलाई लिइन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको