Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा थप ३६ जनामा कोरोना सङ्क्रमण

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १४ : १५ मा प्रकाशित

चीनमा थप ३६ जनामा कोरोना सङ्क्रमण

अर्थ संसार, काठमाडौं – चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् ।

मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।

यसैगरी, मङ्गलबार कोरोना भाइरस सङ्क्रमणको कारण सात जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् ।

चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृत्यु भईसकेको छ । आज प्राप्त पछिल्लो विवरणअनुसार संंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् । – रासस/सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको