Like us!
Follow us!
Connect us!
Watch us!

बिरालाेलाई चारैतिर ढाेका थुनेर पिट्दा के हुन्छ ? – शेयरधनी अमृतनाथ रेग्मी (भिडियाे)

निशा हुमाँगाई

मंगलबार, १८ चैत्र २०७६, १५ : १० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ३१ औं वार्षिक साधारण सभा इन्स्योरेन्सको केन्द्रिय कार्यालय लाजिम्पाट,काठमाडौंमा गत कार्तिक २४ गते आइतबार सम्पन्न भएकाे थियाे । 

उक्त सभामा बाेल्दै शेयरधनी अमृतनाथ रेग्मीले आफूहरू दुई किसिमका शेयरधनी भएर बसेकाे जुन कम्पनी ऐनले नभन्ने तर बैंकिङ्ग ऐनमा उल्लेख गरिएकाे बताएका छन् । तसर्थ उनले ३० वर्ष नाघिसके पश्चात दुई किसिमका शेयरधनी नचाइने भएकाले एकै किसिमका शेयरधनी बनाउन सभाले बिमा समितिमा आग्रह गर्नुपर्ने बताएका छन् । 

यसैगरी, उनले यसाे नभएमा १ प्रतिशत वा त्याे भन्दा मुनी हाेल्ड गर्ने प्रमाेटरहरूकाे सेकेन्ड विन्डाे (Second Window) खुल्ला गरिदिनुपर्ने बताएका छन् । यसैबिच उनले दुवै नगर्दा बिरालाेलाई चारैतिर ढाेका थुनेर पिट्दा बिरालाे आफैतिर आइलाग्ने बताएका छन् । उनले आफूहरू उक्त बिरालाे सरह रहेकाे र चारैतिरबाट ढाेका थुनिएकाे बताएका छन् ।  उनले आफूहरूलाई केही कुरामा मात्र भएपनि सहज बनाइदिन बिमा समितिलाई आग्रह मात्र नभएर निवेदन गरेका छन् । 

तलकाे भिडियाेमार्फत सभामा रेग्मीले प्रस्तुत गरेका धारणा हेर्नसक्नुहुनेछ​ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको