Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ : ३ दिनमा १० अर्ब माग्दै ७२ हजार आवेदन

शुक्रबार, ०४ चैत्र २०७३, १२ : ४६ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ : ३ दिनमा १० अर्ब माग्दै ७२ हजार आवेदन

अर्थ संसार 
काठमाडौ स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओमा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको पाइएको छ ।

बैंकले मंगलबारदेखि निष्कासन गरेको एफपिओमा बिहीबारसम्म ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे बताए ।

अधिकृत घिमेरेका अनुसार पहिलो दिन १० हजार आवेदकले १ अर्ब ५ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका थिए ।

दोस्रो दिन १२ हजार आवेदकले १ अर्ब ७६ करोड रुपैयाँको माग आवेदन दिएका थिए ।तेस्रो दिन अर्थात चैत ३ गते एकैदिन ५० हजार आवेदकले ६ अर्ब १९ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् ।

आस्वा प्रणालीमा गएका ५१ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये २८ वटा बैंकले मात्रै जानकारी दिएकाले यकिन तथ्यांक आइनसकेको उनले बताए । कले निष्काशन गरेको सो एफपिओ प्रतिकित्ता १२ सय ९० रुपैयाँ पर्छ । जसअनुसार बैंकले एफपिओमार्फत् सर्वसाधारणसँग ३ अर्ब ३३ करोड रुपैयाँ उठाउने छ । 

सेयर भर्ने स्थान 

58cb8a093903e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको