Like us!
Follow us!
Connect us!
Watch us!

अब यसरी सजिलै हेर्नुस् काेराेना सम्बन्धी सिधा हटलाइन मेडिको नेपालमा

निशा हुमाँगाई

शनिबार, १५ चैत्र २०७६, ११ : ५५ मा प्रकाशित

अब यसरी सजिलै हेर्नुस्  काेराेना सम्बन्धी सिधा हटलाइन मेडिको नेपालमा

अर्थ संसार, काठमाडौं -  मेडिको नेपालले जनताको स्वास्थ्य सम्बन्धी चासो र जिज्ञासालाई बुझी स्वास्थ्य सहजकता प्रस्तुत गरी जनतालाई सेवा प्रदान गर्दै आएको छ ।

चिनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरू भएकाे कोरोना भाइरस (COVID-19) भाइरसको एक प्रजातिमा पर्दछ र अहिले विश्वभरमा माहामारीको रूपमा फैलिरहेको छ । COVID-19 को माहामारीलाई मध्यनजर गर्दै मेडिको नेपालले नेपाली जनताहरूलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ । 

मेडिको नेपालकाे आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनताहरूको COVID-19 सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्वारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरूबाट प्राप्त गर्न सकिने छ । आपतकालिन अवस्थामा घरमा बसीबसी स्वास्थ्यकर्मीहरूसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । मोबाइल एप्स डाउनलोड गर्न https://bit.ly/2OdL1CG क्लिक गर्नु पर्नेछ ।

त्यसैगरी, वेवसाइट र एप्लिकेसनमा COVID-19 सम्बन्धी जानकारीहरू जस्तै COVID-19 का लक्षण, गर्न हुने नहुने कामहरू, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरू जस्ता अन्य सूचनाहरू राखिएको छ ।

त्यस्तै, COVID-19 द्वारा संक्रमण हुने र मृत्यु हुने संसारभरको अपडेट राखिएको छ । उक्त वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरूले आफ्नै घरमा बसीबसी आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर समेत जानकारी प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको