Like us!
Follow us!
Connect us!
Watch us!

रक्सी ठानेर स्यानिटाइजर पिउँदा जेलभित्रै कैदीकाे मृत्यु

सराेज खनाल

शनिबार, १५ चैत्र २०७६, ०९ : ५३ मा प्रकाशित

रक्सी ठानेर स्यानिटाइजर पिउँदा जेलभित्रै कैदीकाे मृत्यु

अर्थसंसार, काठमाडाैं - भारतकाे केरलास्थित जेलमा एक जना कैदिले स्यानिटाइजरलाई रक्सी सम्झेर पिएपछि मृत्यु भएकाे छ ।

कोरोना भाइरस संक्रमणकाे माहामरी फैलिहेका बेला सुरक्षाका लागि राखिएकाे स्यानिटाइजर पिएपछि उक्त कैदिकाे मृत्यु भएकाे जेलका एक अधिकारीले पुष्टि गरेका छन् ।

रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए । जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’ उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो।

जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको